सुनको मूल्य सामान्य घट्यो, चाँदी भने स्थिर

काठमाडौ,२८ बैशाख । आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार कायम मूल्यलाई आधार मानेर नै चाँदीको कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्