आज सुनको भाउ घट्यो, चाँदी भने बढ्यो

काठमाडौं, २३ बैशाख । शुक्रबार, नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्