इटहरीमा बस दुर्घटना, एक को मृत्यु, चालकदलसहित १८ जना घाइते

काठमाडौं। इटहरीमा बस दुर्घटना हुदा एक को मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकाको आँपगाछीमा बस दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको हो भने चालकदलसहित १८ जना घाइते भएका हुन् ।

लहानबाट धरान आउँदै गरेको ना ४ ख ४२५८ नं को बस दुर्घटना हुँदा इटहरी तरहरा सडक विभागमा कार्यरत साइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेको विवरण भने खुल्न बाँकी छ । घटनास्थल तथा दुर्घटना हुनुको कारणबारे छानविन भइरहेको प्रहरी स्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस्