सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो
काठमाडौं , २२ बैशाख । सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदी आईतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्