चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण

काठमाडौं ।  प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ।

सो समूहका ४ जना महिला पत्रकार आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन्। पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन्। आरोहण गर्नेमा रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), रोशा बस्नेत (रासस), देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) र कल्पना महर्जन (मेघा टेलिभिजन) छन्।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित सो महिला पत्रकार समूह आरोहणमा गएको थियो। उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा फहराएका थिए।

यस वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणको याम सकिन लागेको छ। अब एक दुईजना आरोही मात्र चुचुरोमा पुग्न बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए। यस सिजनमा आजसम्म ३ सय ४० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्