पाटन संयुक्त क्याम्पसको नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित
काठमाडौं, २१ बैशाख। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ ।
कपालीले ९०६ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए । दीपक कुमार रानामगरले १५३ मत पाउँदा अन्य ८ जना उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।
यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने नितिन पाण्डेयले ४८६ मत पाए । टीकाराम खत्रीले ४५६ मत पाए । कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्