नीति तथा कार्यक्रममाथि २२ गतेदेखि संसदमा छलफल सुरु

काठमाडौं, १९ बैशाख । सरकारको आज संसदमा प्र्स्तुत गरेको नीति तथा कार्यक्रममाथि २२ गतेदेखि छलफल सुरु हुने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि वैशाख २२ गतदेखि २८ गतेसम्म छलफल गर्ने कार्यसूची तय भएको जानकारी दिए ।

सभामुख घिमिरेका अनुसार २८ गते नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि संशोधनका लागि वैशाख २० र २१ गते कार्य व्यवस्था शाखामा संशोधनको सूचना दिन सकिने उनले जानकारी दिए ।
संसदमा आज प्र्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रमलाई लिएरु विभिन्न दलले विभिन्न दृष्किोण र टिकाटिप्पणी गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्