यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं,१९ वैशाख । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका हुन्। कुल ६० पृष्ठको यस्ता दस्तावेजमा मुलुकको भावी आर्थिक रणनीतिको योजना तर्जुमा गरिएको छ ।

नीति तथा कार्यक्रममा सार्वजनिक संरचनादेखि लिएर बीमा, बैंक, स्वास्थ्य कृषिलगायतका क्षेत्रमा अवलम्बन गरिने नीतिहरु समावेश गरिएका छन्। । रोजगारी प्रवद्र्ध र अर्थतन्त्र बढावा दिने खालका नीतिहरु अवलम्बन गरिएका छन्।

भौतिक पूर्वाधार र वैदेशिक लगानीलाई सरकारले प्राथमिकतामा राखेको छ । वैदेशिक लगानी परिचालनबारे पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पछिल्लो समय बढ्दै गएको बैंकहरुको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने रणनीति लिएको छ । बीमा क्षेत्रको विस्तार र विकासमा सरकारले केही नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ । सरकारले सकभर सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।

पूर्णपाठसहितनीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all

 

प्रतिक्रिया दिनुहोस्