सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
काठमाडौं,१९ वैशाख । पछिल्लो बैंक तथा वित्तीय संस्थाहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिले सरकारको ध्यान आकर्षित गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बैंकहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न खोजेको छ । यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने सरकारले नीति लिएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारेमा जानकारी गराएका हुन्। ।
यसैगरी सूचना प्रविधि तथा पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ । नीतिगत तथा कानुनी व्यवस्थापन गरी डिजिटल बैंक स्थापना गरिने सरकारको योजना छ ।















प्रतिक्रिया दिनुहोस्