सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं,१९ बैशाख । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । आज बिहीबार कायम मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भएको छ

प्रतिक्रिया दिनुहोस्