बार्सिलोना र इन्टरको बराबरी
काठमाडौं । बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्।
एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो । मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो ।
तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले २-० ले पछि परेको खेललाई उल्टाउँदै पहिलो हाफमा नै बराबरी गरेको थियो ।
खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । उनको प्रहारले बार्सिलोनाका गोलकिपर वोज्शिएच शेज्नीलाई छक्यायो ।
डेनजेल डम्फ्रिजले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसमा पनि बार्सिलोनाका गोलकिपरको केहि लागेन ।
तर २४ औं मिनेटमा लामिन यामालको अद्भुत व्यक्तिगत कौशलमा गोल गर्दै अन्तर घटाए । ३८ औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरी सकियो ।
दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा पकड बनाएको थियो । तर ६३ औं मिनेटमा डम्फ्रिजले कर्नरबाट आएको बलमा हेडरमार्फत दोस्रो गोल गरे ।
त्यसपछि ६५ औं मिनेटमा राफिन्हाको पेनाल्टी बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहा यान सोमरको आत्मघाती गोलमा परिणत भयो र खेल बराबरी भयो । दोस्रो लेग मंगलवार सान सिरोमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्