दक्षिण कोरियामा एक साताभित्र ३ नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा एक साताभित्र ३ नेपालीको मृत्यु भएको छ । विभिन्न प्रकृतीका घटनामा पछिल्लो एक सातामा दक्षिण कोरियामा ३ जना नेपालीको मृत्यु भएको हो ।
२ जनाको हृदयघात र कार्यस्थलमा भएको दुर्घटना तथा अर्का एकले आत्महत्या गरेको कोरिया स्थित नेपाली राजदुतावासले जानकारी दिएको छ।

मृत्यु हुनेहरुमा लमजुङ जिल्ला घर भइ विगत १० वर्षदेखि कोरियामा कार्यरत होम गुरुङ, विगत ८ वर्षदेखि कोरियामा कार्यरत सोलुखुम्बुका नरेश राई र म्याग्दीका अमर थापा रहेको कोरिया स्थित नेपाली श्रम कन्सुलर डिल्लिराम बास्तोलाले जानकारी दिए।

गुरुङको सोमबार सिओलस्थित होटेलमा सुतेकै अवस्थामा मृत्यु भएको हो भने थापाको मंगलबार काम गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएको बास्तोलाले जानकारी दिए। राईले भने मंगलबार दिउँसो आत्महत्या गरेको बताइएको छ।

खाना खाएर काममा फर्किनुअघि राई घरको तीन तला माथि गएर हाम फालेका थिए। उनी केही समययता सामान्य मानसिक रोगबाट ग्रसित रहेको उनीसँगै बस्ने साथीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्