पेट्रोलको, डिजेल र मट्टितेलको मूल्य घट्यो, एलपी ग्यासको मूल्य भने स्थिर

काठमाडौं,१८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । सो सूचना अनुसार पेट्रोलियम पदार्थहरुको मूल्य घटेको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाएको हो ।

त्यसैगरि, एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने स्थिर राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्