आज सुनको भाउ एकै दिन घट्यो ४ हजार ६००, चाँदी कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,१८ वैशाख । विहिबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ
प्रतिक्रिया दिनुहोस्