आज सुन र चाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं,१७ वैशाख । बुधबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्