सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

काठमाडौं,१६ बैशाख । मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदी सोमबारको बजार मूल्यलाई आधार मानेर प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्