भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरपालिका निर्देशन

काठमाडौं, १५ बैशाख । शिक्षक आन्दोलन चर्कि रहेका बेला ललितपुर महानगरपालिकाले भोलिदेखि ९वैशाख १६ गते० सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउन अनुरोध गरेका हुन् ।
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । उक्त कार्य पात्रो अनुसार विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसकेकोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु नगराउनु भनी आदेश जारी भएको थियो ।

सोही अनुसार भोलि (बैशाख १६ गते)बाट विद्यालय सञ्चालन गर्न महानगरले अनुरोध गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा कर्मचारीहरू सडक आन्दोलनमा छन् । विगत २७ दिनदेखि आन्दोलन गर्दै आएका उनीहरूले ऐन जारी नहुँदासम्म कुनै प्रकारका क्रियाकलापमा सहभागी नहुने प्रस्ट पार्दै आएका छन् । अन्य कालिगण्डकी नग।पालिका लगायत अन्यले स्थानीइ तहले पनि शिक्षकहरुलाई पठनपाठन गर्न निर्देशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्