सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
काठमाडौं,१५ बैशाख । सोमबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्