सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने घट्यो

काठमाडौं,१४ वैशाख । आईतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार यस्तो मूल्य एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आईतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्