आजका लागि प्रमुख विदेशी मुद्राको विनिमय दर

काठमाडौं,१४ वैशाख । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख १४ गते आइतबार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ४३ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा खरिददर १८१ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५६ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्