सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
काठमाडौं,१२ वैशाख । शुक्रबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँ खरिदबिक्री भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्