सुन र चाँदीको दुबै धातुको मूल्य बढ्यो
काठमाडौं,११ बैशाख । बिहीबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेको छ । आज चाँदी २ हजार १० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
प्रतिक्रिया दिनुहोस्