महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन
काठमाडौं, १० त्रबैशाख । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप ( बालाजु अटो वर्कसले
आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
उद्घाटन समारोह यही बुधबार, २०८२ बैशाख १० गतेका दिन गरिमा मोटर्सको वर्कसपमा मधेश प्रदेशका पूर्व
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ( समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो
डीभिजनको सर्भिस कन्ट्री म्यानेजर ( सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड ( शिव सुदन श्रेष्ठ,
गरिमा मोटर्सका प्रबन्ध निर्देशक – कुन्दन चौधरी द्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका
प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भन्नुभयो, ७त्रगयतसमहिन्द्राको
आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ । हामीले दक्ष
प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने
लक्ष्य बोकेका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास
छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ जसले
महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।७त्रगयतस
यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य रौतहट वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र
समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वर्क्सले नयाँ २ एस सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव
गर्न सबै ग्राहकहरूलाई स्वागत गर्दछ । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट
सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप (
बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।
साथै, ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १८१०५०००२५५ ९नेपाल टेलिकम० र
९८०१५७१२१२ ९एनसेल० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्