सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

काठमाडौं,९ बैशाख । मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेसंगै नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेकोे छ । आज चाँदी तोलाको १ हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्