सनम शाक्य हत्या काण्ड आरोपमा २८ जना थुनामा

काठमाडौ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई आज मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सनम हत्या काण्ड तथा सुन तस्करीमा संलग्न भएको आरोप लागेका ३० जना अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि आज थुनामा राख्न आदेश दिएको हो ।

त्यस्तै अदालतले एक जना प्रहरी जवान अमर थापालाई तारेखमा र अर्का एक जना हवल्दार विष्णु खड्कालाई रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्