सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, तोलामै बढ्यो १ हजार २०० सय
काठमाडौं,८ बैशाख । सोमबार, सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बैशाख ४ गते सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्