निरन्तर उकालो लागेको सुन–चाँदीको भाउ आज भने स्थिर
काठमाडौं,७ वैशाख । आइतवार सुन–चाँदी दुवै धातुको भाउ स्थिर रहेको छ । आज यसअघि शुक्रबारकै मूल्यलाई आधार मानेर कारोबार भएको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम छ ।
त्यस्तै, आइतवार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीका मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ कायम रहेको छ । यसअघि शक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्