कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा, कामु गभर्नर ढुंगानाले गरिनन् स्वीकृत 

काठमाडौं, ५ बैशाख । कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि भन्दै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको स्रोतले जनाएको छ । तर राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी छिन् ।

राजीनामा पत्र बोकेर भट्ट शुक्रबार बिहान साढे १० बजे गभर्नरको कार्यकक्षमा पुगेका थिए । तर, कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी हुन् । यसले नेपार राष्ट्र बैंकमा तरंग पैदा भएको छ । । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि काँग्रेस सभापति देउवा पक्का पक्की गरे भएपश्चात भट्ट राजीनामा दिन गएको थिए । राजीनामा दिएकोबारे बुझ्न खोज्दा कामु गभर्नर ढुंगानाले प्रतिक्रिया दिन अस्वीकार गरिन् ।
डेपुटी गभर्नरबाहेक राष्ट्र बैंकको बहालवाला कर्मचारीलाई गभर्नर सिफारिश गर्न मिल्दैन । गभर्नरको नाम सिफारिशमा पर्नका लागि राजीनामा स्वीकृत हुनै पर्ने बाध्यकारी अवस्था छ ।
नियमअनुसार कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि भट्टलाई धर्मसंकट परेको छ ।

प्रमुख सत्तासाझेदार देउवाले कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन दबाब दिएपछि गभर्नर नियुक्ति प्रक्रिया जटिल बनेको हो ।​

राजीनामा स्वीकृत नभइ गभर्नर नियुक्त भएमा यो विवाद सर्वोच्च अदालतसम्म पुग्ने देखिन्छ ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिका एकजना सदस्य एवं पूर्व गभर्नर विजयराज भट्टराई भने कार्यकारी निर्देशकलाई गभर्नर सिफारिश गर्न नहुने बताउने गरेका छन् ।

प्रक्रिया पूरा नभई सिफारिश गरिएका आफूले ‘नोट अफ डिसेन्ट’ लेख्ने उनले सरोकारवालाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्