ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आज भने सामान्य घट्यो
काठमाडौं,५ बैशाख । बिहीबार सुनको सामान्य मूल्य घटेको छ । बिहीबारक ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आज भने छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ । बिहीबार यस्तो सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, सुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमै कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्