सुनको मूल्य ऐतिहासिक उचाईमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,४ वैशाख । बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यले अघिल्लो दिने रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, विहिबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्