पाँचौ कान्तिपुर हिसान एडुफेयर २०१८ आयोजना हुँदै

काठमाडौं । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने मुल नाराका साथ पाँचौ कान्तिपुर हिसान एडुफेयर २०१८ यहि जेष्ठ १० देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपालमा नै उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न हरेक शैक्षिक संस्थाहरु सक्षम रहेको कुरालाई विद्यार्थी तथा अभिभावकसम्म पु¥याउन पाँचौ संस्करण कान्तिपुर हिसान एडुफेयर २०१८ यहि जेष्ठ १० देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्न लागिएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछ ।

हिसानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हिसानका अध्यक्ष तथा मेला कार्यक्रमका संयोजक लोक बहादुर भण्डारीले नेपालमा नै गुणस्तरीय र उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षालयहरु भएता पनि त्यसका बारेमा उचित ज्ञान नहुँदा प्रत्येक वर्ष धेरै विद्यार्थीहरु विदेशिनु परेको बताए । उनले यसै अवस्थालाई मध्यनजर गर्दै गुणस्तरिय र उत्कृष्ठ शिक्षा प्रदानका बारेमा सत्य तथ्य र यथार्थ जानकारी दिई नेपालमा नै गुणस्तरिय र उत्कृष्ठ शिक्षा पाइन्छ भन्ने विषयमा परामर्श दिनको लागि विगत ५ वर्ष देखि यस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

उनले विद्यार्थी तथा अभिभावकलाई विश्वास दिलाउन नसकिंदा हजारौं विद्यार्थीहरु विदेशिएको बताए । उनले भने, “ नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षमता र भौतिक पूर्वाधार हुँदा–हुँदै पनि यसरी विद्यार्थीहरु विदेशिनु विडम्बनाको विषय हो । यसलाई रोक्नको लागि यस्ता कार्यक्रमहरु बेला वखतमा गर्न जरुरी छ । यसले विद्यार्थी र अभिभावक मात्र नभई राज्यलाई समेत फाइदा हुन्छ ।” उनले यस्ता कार्यक्रमहरुले केही हदसम्म भएपनि कम गर्ने बताए । यसले विद्यार्थी तथा अभिभावकलाई आर्थिक र शैक्षिक दुबै रुपमा विशेष सहयोग पुग्ने बताए ।

माध्यामिक विद्यालय तथा विश्व विद्यालय स्तरको उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालित यस शैक्षिक मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्व विद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाहरु तथा प्राविधिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाहरुका साथै त्रिवि, पोखरा विश्व विद्यालय, पुर्वाञ्चल विश्व विद्यालय, मध्यमाञ्चल विश्व विद्यालय सुदुर पश्चिमाञ्चल विश्व विद्यालय, प्रविधिक शिक्षा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटी) बाट सम्बन्धन लिएका १५० भन्दाबढि शैक्षिक संस्थाहरुले मेलामा सहभागीता जनाउने उनले जानकारी दिए ।

हिसानका केन्द्रीय सचिव रामहरी सिलवालले शैक्षिक मेलामा नेपाली विद्यार्थीहरुलाई आकर्षित गर्नको लागि विविध परामर्श, विभिन्न शैक्षिक संस्थाहरुको जानकारी मुलक प्रस्तुति तथा विषयगत सेमिनारहरु र शिक्षा विज्ञहरुसंगको अन्तक्र्रिया समेत राखिएको जानकारी दिए ।

उनले मेला अवलोकन गर्नको लागि निःशुल्क प्रवेशको व्यवस्था र उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको छनोट गर्र्ने व्यवस्था समेत गरिएको बताए ।
संघले मेलामा करिब २ लाख विद्यार्थी तथा अविभावकले अवलोकन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्