घट्यो इन्धनको मूल्य

काठमाडौं,३ वैशाख । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डिय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै नेपालमा पनि निगमले भाउ समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ दरले घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टितेलको १४५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्