सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, चाँदी पनि सामान्य बढ्यो
काठमाडौं,३ वैशाख । बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर सबै उच्चलाई तोडेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बैशाख २ गते, मंगलबार यस्तो सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यस्तो मूल्य तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्