सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौ,३१ चैत । आईतबार, २०८१ सालको अन्तिम दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।

त्यस्तै, हप्ताको पहिलो दिन चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्