३३ किलो सुन तस्करका मुख्य अभियुक्त गोरे पक्राउ

काठमाडौं । चर्चित ३३ किलो सुन तस्कर प्रकरका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन्।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले गोरे पक्राउ परेको जनकारी दिए।  यसैबारे गृहले औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।

विमानस्थलबाट बाहिरिएको सुन बीचमै तस्करबीचबाटै गायव भएपछि प्रकरण सतहमा आएको थियो। शनम शाक्यको हत्या र अन्य दुईको ‘आत्महत्या’का कारण यो प्रकरण चर्चित बनेको छ। यो प्रकरणमा अहिलेसम्म ३२ जना समातिएका छन्।

प्रतिक्रिया दिनुहोस्