वैशाखका लागि धेरै बैंकको ब्याजदर यथावत्, ती को भने घट्यो
काठमाडौं,३१ चैत । अधिकांश वाणिज्य बैंकहरुले वैशाख महिनाको लागि चैत महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ त्यस्तै, १ बैंकको बढेको छ भने बाँकीले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् ।
वैशाखमा मुद्दति निक्षेपको ब्याजदर अैसतमा ५.९८ प्रतिशत कायम भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ ।
ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ । झन्डै डेढ वर्षदेखि बैंकहरु लगातारजसो ब्याजदर घटाउँदै आएका छन् । यद्यपि, अपेक्षा अनुसार कर्जा प्रवाह भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्