बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आज आगलागी

काठमाडौं, ३० चैत । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आज आगलागी भएको छ । औद्यागिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार आगलागी नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । ‘अहिले पहिलो दमकल पुगेर आगलागी नियन्त्रण काम सुरु गरिसकेको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्