सुनको मूल्य एतिहासिक उचाईमा, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,२९ चैत । शुक्रबार, नेपाली बजारमा सुनको मूल्य दोस्रो दिन पनि भारि वृद्धि भएको छ । आज सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्यले एतिहासिक रेकर्ड बनाएको हो ।
त्यस्तै, सुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्