सुन आज एकै दिन तोलामा ५७ सयले बढ्यो
काठमाडौं,२८ चैत । बिहीबार, सुनको मूल्यमा भारि वृद्धि भएको छ । तोलामा सुन प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य रुपमा बढेको छ ।
त्यस्तै, बिहीबार चाँदीको तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्