चालु ८ महिनामा १० खर्ब ५१ अर्ब रेमिट्यान्स, ९.४ प्रतिशतले बढ्यो
काठमाडौं,२७ चैत । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १० खर्ब ५१ अर्ब ७७ करोड रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९।४ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १८।३ प्रतिशतले बढेको थियो ।
त्यस्तै, अमेरिकी डलरमा विप्रेषण पनि ६।९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ ।
यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख १७ हजार ४०३ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्