सुन र चाँदीको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,२७ चैत । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । चार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको सुन आज भने बढेको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य सामान्य बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्