सुनको मूल्यमा सामान्य घट्यो, चाँदी भने स्थिर
काठमाडौं,२६ चैत । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । चार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्