कर्णाली चीन र भारतसँग सडकमार्गले जोडिँदै
काठमाडौं । कर्णाली प्रदेशलाई दुई छिमेकी मुलुक भारत र चीनसँग सडकमार्गले जोडिने भएको छ। भारतदेखि नेपालको कर्णाली प्रदेश हुँदै चीनसम्म जोड्ने सडकमार्ग निर्माणको काम अघि बढेको छ।
त्रिदेशीय सडक नाम दिइएको सडकको निर्माण सोमबारदेखि सुरु भएको हो। उक्त सडक अन्तर्गत दैलेखको माथिल्लो डुङ्गेश्वरदेखि दुल्लु सडक खण्डको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरेका छन्। उनले डोजर चलाएर सडकको शिलान्यास गरेका हुन्।
जमुनाह–कोहलपुर–दैलेख–मुगु—नाग्चेलाग्ना जोड्ने यो त्रिदेशीय सडकलाई प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राख्न संघीय सरकारसँग पहल समेत गरिरहेको छ।
यद्यपि प्रदेश सरकारको सञ्चित कोषबाट केही बजेट विनियोजन गरेर अहिले सडक निर्माणको काम सुरु गरिएको हो। उक्त सडक निर्माणका लागि प्रदेश सरकारले तीन करोड ३६ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ। सोही बजेटबाट सडक निर्माणको काम सुरु गरिएको हो।















प्रतिक्रिया दिनुहोस्