शिक्षक महासङ्घद्वारा शैक्षिक हडतालको घोषणा
काठमाडौं, २४ चैत । नेपाल शिक्षक महासङ्घ विभिन्न मागहरु राखि आन्दोलनमा छन् । सरकारले वार्तामा बोलाए पनि उनिहरु वर्ताप्रति विश्वास नगरि भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा गरेको हो। यसले विद्याथीृका पठन पाठनसँगै एसईईको कापी परिक्षण तथा चेक गर्न ढिलाई हुने भएको ।
शैक्षिक हडतालको क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भनेका छ।
आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको महासंघले जनाएको छ । यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबैमा अनुरोध गरेको छ। यसले सरकारलाई अपठ्यारोमा पारेको छ ।
प्रतिक्रिया दिनुहोस्