आईतबार पनि सुन र चाँदीको मूल्यमा ठूलो गिरावट
काठमाडौं,२४ चैत । आईतबार पनि सुन र चाँदी दुबै धातुको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी १२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आईतबार चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्