सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

काठमाडौं,२२ चैत । शुक्रबार, सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी १२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्