आजका लागि प्रमुख विदेशीको विनिमय दर

काठमाडौं,२२ चैत । सुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २२ गतेका लागि १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ४० पैसा कायम भएको छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ १० पैसा र खरिददर १३६ रुपैयाँ ५० पैसा कायम भएको थियो ।

यसदिन युरोको भाउ भने बढेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार १ युरोको बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको छ भने खरिददर १५० रुपैयाँ ८२ पैसा रहेको छ । बिहीबार १ युरोको बिक्रीदर १४८ रुपैयाँ ०६ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ ४१ पैसा कायम भएको थियो ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ २४ पैसा खरिददर १७९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ३५ पैसा र खरिददर ९ रुपैयाँ ३१ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्