नेपाल सुपर लिग २०२५ झापा एफसी र काठमाडौं रेजर्सबीच खेल हुँदै

काठमाडौं,२१ चैत । झापा एफसी र काठमाडौं रेजर्सले नेपाल सुपर लिग २०२५ मा आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।
तेस्रो सिजनको उद्घाटन खेलमै काठमाडौंले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै साविक विजेता ललितपुर सिटीसँग २/२ को बराबरी खेलेको थियो ।

त्यस्तै झापाको एक खेलाडी कम भएको बुटवल लुबिनीसँग गोलरहित बराबरी खेलेर समान अंक बाँडेको थियो । झापाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो हाफमा त्यो प्रदर्शनलाई निरन्तरता दिन नसक्दा गोलरहित बराबरीमा रोकिएको थियो ।

काठमाडौं र झापाबीच एनएसएलमा बिहीबार प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

यस खेलामा झापा लकेन लिम्बुको कप्तानीमा मैदान उत्रँदैछ भने काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्नेछन् ।

यस पटक लिग चरणमा ६ खेल मात्र हुनेछ र पहिलो खेलमै बराबरीमा रोकिएपछि दुवै टोली आफ्नो पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

अहिलेसम्म यी दुई टोलीबीच एनएसएलमा जम्मा एक खेल भएको छ । दोस्रो संस्करणमा झापा र काठमाडौले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्