सुनको मूल्य ऐतिहासिक उँचाईमा, चाँदी भने घट्यो
काठमाडौं,२१ चैत । बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ भने चाँदी भने घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको छ । गत शुक्रबारदेखि नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्