बढ्यो अमेरिकी डलर र युरोको भाउ अन्य प्रमुख मुद्राहरुको सटही दर कति ?
काठमाडौं,२१ चैत । अमेरिकी डलरको भाउ बिहीबार सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २१ गते बिहीबार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ५० पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा र खरिददर १३६ रुपैयाँ ४६ पैसा कायम भएको थियो ।
यसदिन युरोको भाउ पनि बढेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार १ युरोको बिक्रीदर १४८ रुपैयाँ ०६ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ ४१ पैसा रहेको छ । बुधबार १ युरोको बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा र खरिददर १४७ रुपैयाँ २१ पैसा कायम भएको थियो ।
बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा खरिददर १७६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ १९ पैसा र खरिददर ९ रुपैयाँ १५ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ३० पैसा र बिक्रीमा ९५ रुपैयाँ ७२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्